२५ आश्विन २०८३, आइतबार

लिग–२ को अन्तिम शृङ्खला: क्यानडाविरुद्ध आज मैदानमा उत्रँदै नेपाल

Logo
Pulse Khabar आइतबार, आश्विन २५, २०८३

काठमाडौं:आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक शृङ्खलामा नेपालले आज (आइतबार) क्यानडासँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।लिग–२ को अंकतालिकामा शीर्ष चारभित्र रहँदै विश्वकप छनोटमा सिधै स्थान बनाउने नेपालको सम्भावना यसअघिका खेलको नतिजासँगै समाप्त भइसकेको छ । त्यसैले नेपालका लागि अब बाँकी खेल एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने र आगामी चुनौतीका लागि आफ्नो प्रदर्शन सुधार गर्ने अवसरका रूपमा रहनेछन् ।लिग–२ को शीर्ष चारमा पर्न नसकेका टोलीले विश्वकप छनोटको यात्रा कायम राख्न प्लेअफको बाटो अपनाउनुपर्ने हुन्छ ।

नेपालले पनि प्लेअफमा स्थान बनाउने लक्ष्यसहित बाँकी खेलमा आफ्नो प्रदर्शन सुधार गर्नुपर्नेछ ।क्यानडासँगको खेलमा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । लिग–२ को अन्तिम शृङ्खलाका बाँकी खेल नेपालका लागि अंक जोड्ने मात्र नभई आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी र टोलीको मनोबल बढाउने अवसरसमेत हुनेछन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206