२५ आश्विन २०८३, आइतबार

तरकारीको आवरणमा गाँजा तस्करी: मोरङमा ५७० केजी गाँजासहित पिकअप नियन्त्रणमा

Logo
Pulse Khabar आइतबार, आश्विन २५, २०८३

विराटनगर:पिकअप गाडीमा लोड गरिएको तरकारीभित्र लुकाएर मोरङबाट भारत कटाउन लागिएको ठूलो परिमाणको गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

यसले तरकारी ओसारपसारको आडमा गाँजा तस्करी गरिएको प्रष्ट भएको सशस्त्रको भनाइ छ ।जहदा गाउँपालिकाबाट सशस्त्र प्रहरीले ५७० किलो गाँजा बरामद गरेको हो । तरकारी (स्कुस र बन्दाकोपी) बोकेको पिकअप भ्यानभित्र लुकाएर ल्याइएको अवस्थामा शनिबार राति ११ बजेतिर गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले बताए ।उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) नोचाबाट खटिएको टोलीले जहदा गाउँपालिका–४ स्थित रामचोकमा शंकास्पद अवस्थामा रहेको प्र १–०१–०० च ७४२२ नम्बरको महेन्द्र पिकअप भ्यानलाई रोक्न खोजेको थियो । सशस्त्र प्रहरीलाई देखेपछि चालक गाडी छाडेर फरार भएका थिए ।

त्यसपछि गाडी नियन्त्रणमा लिएर खानतलासी गर्दा तरकारीको बीचमा लुकाएर राखिएको १९ पोका गाँजा फेला परेको एसपी भण्डारीले बताए । बरामद गाँजा तौल लिँदा ५७० किलो भएको उनको भनाइ छ ।भण्डारीका अनुसार बरामद गाँजा र पिकअप भ्यानलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ । प्रहरीले फरार रहेका पिकअप चालकको खोजी तीव्र पारेर घटनाको थप अनुसन्धान अघि बढाएको छ ।प्रहरीका अनुसार गाँजा कसले र कहाँबाट ल्याएको हो भन्ने यकिन छैन । यद्यपि, नेपालबाट भारत कटाउनलाई तरकारीभित्र लुकाएर गाँजा ल्याइएको प्रहरीको भनाइ छ । तरकारी र गाँजा लोड गरिएको पिकअप नेपाल–भारत सीमानजिकै पुगेपछि सशस्त्रले फेला पारेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206