२४ आश्विन २०८३, शनिबार

मौसम सतर्कता: देशका विभिन्न जिल्लामा भारी वर्षा, सतर्क रहन मौसमविद्को आग्रह

Logo
Pulse Khabar शनिबार, आश्विन २४, २०८३

काठमाडौं:पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्की, दार्चुला, संखुवासभा, सर्लाही, काठमाडौं, सिन्धुपाल्चोक र काभ्रेका विभिन्न वर्षा मापन केन्द्रमा भारी वर्षा रेकर्ड गरिएको हो ।महाशाखाको विवरणअनुसार कास्कीको घलेखर्कमा सबैभन्दा बढी ७३.८ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै, दार्चुलाको धरमपानीमा ६४.३, संखुवासभाको चैनपुरमा ६२.८ र सर्लाहीको नवलपुरमा ६१.२ मिलिमिटर वर्षा भएको छ ।सर्लाहीकै मानुसमारा केन्द्रमा ५३.४ मिलिमिटर वर्षा मापन हुँदा काठमाडौंको कलंकीमा ५१.२ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोकको बौनीपाटी र काभ्रेको रोशी केन्द्रमा समान ५०.४ मिलिमिटर वर्षा रेकर्ड भएको महाशाखाले जनाएको छ ।

मौसम विज्ञानको मापदण्डअनुसार २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा मानिन्छ । यस अवधिमा अन्य धेरै जिल्लामा पनि वर्षा भएको छ । ती स्थानमा १० देखि ५० मिलिमिटरसम्म वर्षा मापन भएकाले मध्यम वर्षाको अवस्था रहेको छ ।महाशाखाका अनुसार २४ घण्टामा १०० देखि २०० मिलिमिटरसम्म वर्षा भएमा धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा अति भारी वर्षा मानिन्छ । शनिबार पनि देशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206