२३ आश्विन २०८३, शुक्रबार

दसैँभर मौसम सफा रहने: टीकाको दिन पनि वर्षाको सम्भावना न्यून

Logo
Pulse Khabar शुक्रबार, आश्विन २३, २०८३

काठमाडौं:यस वर्षको दसैँमा अधिकांश दिन मौसम सामान्यतया राम्रो रहने सम्भावना देखिएको मौसमविद् विनोद पोखरेलले बताएका छन् ।

उनका अनुसार अहिले सक्रिय मौसमी प्रणालीका कारण शनिबारसम्म वर्षा हुने देखिए पनि त्यसपछि सोमबारदेखि बिहीबारसम्म मौसम सामान्यतया सफा रहने सम्भावना छ ।बिहीबार साँझदेखि शुक्रबार (२९–३० असोज) सम्म भने केही स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ । तर, २५ असोजपछि भारी वर्षा हुने संकेत अहिलेसम्म नदेखिएको पोखरेलले बताएका छन् ।

गत साता सम्भावित न्यूनचापीय प्रणालीको चर्चा भए पनि अहिलेसम्मको पूर्वानुमानअनुसार उक्त प्रणाली नेपालतर्फ आउने सम्भावना देखिएको छैन ।लामो अवधिको मौसम पूर्वानुमान परिवर्तन हुन सक्ने भएकाले आगामी दिनमा थप अद्यावधिक जानकारी दिने पोखरेलले बताएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206