काठमाडौँ:सरकारले उखु किसानलाई एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान वितरण गर्ने भएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले अनुदान वितरणका लागि आवश्यक कार्यविधि स्वीकृत गरेको छ ।आर्थिक वर्ष २०८३/८४ मा निकासा भएको एक अर्ब ५० करोड ५० हजार रुपैयाँ बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाका उखु किसानलाई वितरण गरिने मन्त्रालयले जनाएको छ ।
उखु खेतीमा किसानलाई प्रोत्साहन गर्ने, कृषि उत्पादकत्व बढाउने र अनुदान लक्षित किसानसम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले सरकारले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले प्रोत्साहन अनुदान उपलब्ध गराउँदै आएको छ ।
