२३ आश्विन २०८३, शुक्रबार

चाडपर्वलक्षित सुरक्षा योजना: देशभर सशस्त्र प्रहरीको कडा सुरक्षा र उच्च सतर्कता

Logo
Pulse Khabar शुक्रबार, आश्विन २३, २०८३

काठमाडौं:चाडपर्वमा हुनसक्ने अपराध नियन्त्रण, सीमा सुरक्षा र सडक दुर्घटनामा तत्काल उद्धारका लागि सशस्त्र प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा बनाएको छ ।

बडादसैँ, तिहार, नेपाल सम्वत् र छठलाई लक्षित गरी २८ हजार १२६ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ ।सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार थप ४ हजार ५०० जनशक्तिलाई आवश्यकताअनुसार तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ । चाडपर्वमा यात्रुलाई सहयोग पुर्‍याउन १४१ स्थानमा नागरिक सहायता कक्ष, १६ स्थानमा स्वास्थ्य कक्ष र १३ स्थानमा पर्यटक सहायता कक्ष सञ्चालन गरिएको छ । सडक दुर्घटनापछि तत्काल उद्धार गर्न ३७ स्थानमा एम्बुलेन्ससहितका टोली खटाइएको छ ।सीमा क्षेत्रमा अवैध हातहतियार, विस्फोटक पदार्थ र लागुऔषध ओसारपसार नियन्त्रण गर्न संयुक्त गस्ती तथा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ ।

सीमा सुरक्षाका लागि ९२४ वटा संयुक्त गस्ती सञ्चालन गर्ने योजना छ ।संवेदनशील क्षेत्रको निगरानी गर्न २१ वटा ड्रोन प्रयोग गरिएको छ । सीमा नाकाका ४१२ वटा सीसीटीभी क्यामेराबाट चौबिसै घण्टा निगरानी गरिने कार्कीले बताए ।विपद् उद्धारका लागि देशभरका अस्थायी र स्थायी बेसमा दक्ष जनशक्ति तथा आवश्यक उपकरण तयारी अवस्थामा राखिएको छ । सशस्त्र प्रहरीले चाडपर्व अवधिभर गस्ती, चेकजाँच र उद्धार कार्यलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206