२२ आश्विन २०८३, बिहिबार

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने सम्भावना

Logo
Pulse Khabar बिहिबार, आश्विन २२, २०८३

काठमाडौं:पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश भू–भागमा आज (बिहीबार) मौसम बदली भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।हाल बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश भू–भागमा तथा कोशी र सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ । केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । यी प्रदेशका पहाडी भू–भागका पनि केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका पनि केही स्थानमा चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान छ ।

लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागमा एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा कतिपय स्थानमा असिनासमेत पर्न सक्ने महाशाखाले जनाएको छ ।राति कोशी प्रदेशका सबै भू–भागमा तथा अन्य प्रदेशका हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ । तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ । कोशी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा चट्याङसहित वर्षा र हिमपात हुन सक्नेछ भने पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।महाशाखाले कोशी र मधेश प्रदेशको तराई क्षेत्रका पनि केही स्थानमा राति चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाएको छ । वर्षासँगै चट्याङ र असिनाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206