२१ आश्विन २०८३, बुधबार

हर्मुजको चिन्ताले तेल महँगियो

Logo
Pulse Khabar बुधबार, आश्विन २१, २०८३

इरानले महत्त्वपूर्ण हर्मुज जलघाँटीमा तेल ट्याङ्करमाथिको आक्रमण बढाएको देखिएको चेतावनीपछि मध्यपूर्वबाट हुने तेल आपूर्तिप्रति चिन्ता बढ्दा बुधबार कच्चा तेलको मूल्य उकालो लागेको छ भने एसियाली सेयर बजारमा गिरावट आएको छ । बेलायतको मेरिटाइम ट्रेड अपरेसनका अनुसार यस महिना हर्मुज जलघाँटी र पर्सियन खाडी क्षेत्रमा नौ वटा आक्रमण भएका छन् । यसअघि मध्यपूर्वबाट हुने तेल निर्यात युद्धअघिको स्तरमा फर्किएको खबरले ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर र अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) को मूल्य ९० डलरभन्दा तल झरेको थियो ।

तर ट्याङ्करमाथि आक्रमण बढेको खबरसँगै तेलको मूल्य पुनः बढेको हो । पेपरस्टोनका क्रिस वेस्टनले तेलको प्रवाह बढेको रिपोर्टले मूल्यमा केही दबाब दिए पनि जहाजमाथिको आक्रमणसम्बन्धी खबरले त्यसलाई सन्तुलित गरेको बताउनुभयो । उहाँका अनुसार बजार अहिले भूराजनीतिक जोखिमप्रति अत्यधिक संवेदनशील छ । यसैबीच, यमनका हुथीहरूले रियादको मुख्य विमानस्थलमा आक्रमण गरेको दाबी गरेका छन् । यमनी सरकारी फौजले भने उक्त दाबी अस्वीकार गर्दै बाब अल–मन्डब जलघाँटी र बन्दरगाह सहर मोचा वरपरका क्षेत्रबाट इरान समर्थित समूहलाई हटाएको जनाएको छ ।

उता, टोकियो, हङकङ, सिङ्गापुर, सियोल, वेलिङ्टन र ताइपेईका सेयर बजार घटेका छन् भने सिड्नी र मनिलाका बजार बढेका छन् । अमेरिकी नास्डाक र एस एन्ड पी ५०० भने नयाँ कीर्तिमानमा पुगेका थिए । एनभिडियाको सेयर मूल्य वृद्धिसँगै कम्पनीको बजार पुँजीकरण करिब ५७ खर्ब अमेरिकी डलर पुगेको छ । फाइनान्सियल टाइम्सको स्पेसएक्सले एनभिडियाका चिप खरिदका लागि ४० अर्ब अमेरिकी डलर जुटाउन खोजिरहेको समाचारले पनि लगानीकर्ताको उत्साह बढाएको थियो । यद्यपि, कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा प्रविधि कम्पनीहरूले गरेको ठूलो लगानीबाट अपेक्षित प्रतिफल कहिले प्राप्त हुन्छ भन्ने चिन्ता भने कायमै छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206