२१ आश्विन २०८३, बुधबार

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना: चट्याङ र हावाहुरीबाट जोगिन सतर्कता अपनाउन आग्रह

Logo
Pulse Khabar बुधबार, आश्विन २१, २०८३

काठमाडौं:पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) पनि कोशीदेखि सुदूरपश्चिमसम्मका विभिन्न भू–भागमा वर्षा, चट्याङ, हावाहुरी र असिनाको सम्भावना रहेको छ ।हाल हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश भू–भागमा आंशिक बदली देखिएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा लुम्बिनीका एक–दुई ठाउँमा चट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।दिउँसो पहाडी तथा हिमाली क्षेत्रमा बदली बढ्ने र केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र तथा कोशीसहित मधेश, बागमती र गण्डकीका केही तराई भू–भागमा चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुन सक्ने पूर्वानुमान छ ।लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ । त्यस्तै बागमती, गण्डकी र कर्णालीका पहाडी भू–भागमा पनि एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति कोशी प्रदेशका सबै भू–भागसहित देशका हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ । हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाको अनुमान छ ।कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । तराईका केही स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ ।वर्षासँगै चट्याङ, हावाहुरी र असिना पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् । तराई क्षेत्रमा बिहानको समयमा कुहिरो लाग्न सक्ने भएकाले सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206