२१ आश्विन २०८३, बुधबार

सोह्र लाखबराबरको अवैध पटाका बरामद

Logo
Pulse Khabar बुधबार, आश्विन २१, २०८३

कञ्चनपुर: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले रु १६ लाखबराबरको अवैध पटाका बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मङ्गलबार बेदकोट नगरपालिका–७ स्थित गाउजीबाट रु १६ लाख ८७ हजार मूल्यबराबरको पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार विशेष सूचनाका आधारमा लुकाइछिपाइ राखेको पटाका बरामद गरी थप अनुसन्धान भइरहेको छ । चाडपर्व नजिकिँदै गर्दा प्रहरी सीमानाकामा निगरानी बढाएको छ । प्रहरीले भारतसँग जोडिएको गड्डाचौकी नाका, महेन्द्रनगर बसपार्कलगायतका स्थानमा नागरिक सहायता कक्षसमेत स्थापना गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206