२१ आश्विन २०८३, बुधबार

विराटनगरबाट सिराहा जाँदै गरेको यात्रुवाहक बस सुनसरीको नहरमा खस्यो

Logo
Pulse Khabar बुधबार, आश्विन २१, २०८३

विराटनगर:पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरमा यात्रुवाहक बस नहरमा खस्दा २८ जना घाइते भएका छन् ।

विराटनगरबाट यात्रु लिएर सिराहाको लहानतर्फ जाँदै गरेको को १ ख ४७७७ नम्बरको बस मंगलबार साँझ करिब ५ः५० बजेतिर आफैँ अनियन्त्रित भएर सडकछेउको नहरमा खसेको प्रहरीले जनाएको छ । बसमा करिब ३० जना यात्रु सवार रहेको बताइएको छ ।दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी कोशी कटान, हरिपुर र भाण्टाबारीबाट प्रहरी टोली तथा ट्राफिक प्रहरी पोस्ट कटान, लौकही र भाण्टाबारीबाट ट्राफिक प्रहरी घटनास्थल पुगेका थिए । प्रहरीले घाइतेलाई उद्धार गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पठाएको छ ।घाइतेमध्ये केहीको स्थानीय मेडिकल भाण्टाबारीमा र केहीको सप्तकोशी न्युरो अस्पताल सुनसरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सबै घाइतेको अवस्था सामान्य रहेको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए ।

स्थानीय मेडिकल भाण्टाबारीमा उपचाररत घाइतेमा सप्तरीको खरजियाकी ३० वर्षीया सरोजकुमारी चौधरी, ४९ वर्षीय टुनाई राम, सप्तरी रुपनी नगरपालिका–६ का १९ वर्षीय विक्रम सरदार, सप्तरी बोदेबरसाइन नगरपालिका–१ का २० वर्षीय हरिशंकर सरदार, रुपनी–६ का १८ वर्षीय टेक सरदार, सप्तरीको राजविराज नगरपालिका–९ की शान्ति देवी यादव, कृष्णसरणका राम कुमार, शम्भुनाथ नगरपालिका–५ का पुन्य राम, बयलकोटीकी सरितादेवी राम, सन्तोषकुमार यादव, भारदहका हेमबहादुर लामा, सलमपुरका हनुमान राम र कृष्णसरणका राजेश अधिकारी रहेका छन् ।

त्यस्तै, सप्तकोशी न्युरो अस्पतालमा सिरहा बरियारपट्टि गाउँपालिका–३ का २१ वर्षीय सनक्षीकुमार यादव, ५२ वर्षीया शान्ति देवी, सिरहा धनगढीमाई नगरपालिका–१४ का ४४ वर्षीय होमबहादुर तामाङ, ३५ वर्षीया लक्ष्मी कुमारी लामा, सप्तरी भारदहका १३ वर्षीय फारुक मन्सुरी, १० वर्षीय अजसारुख मन्सुरी, ३० वर्षीय सबिरन खातुन, सिरहा विष्णुपुरकी ४० वर्षीय मन्जुकुमारी महत्तो, २५ वर्षीया निर्मला महतो, सप्तरी भारदहकी सुमेरा खातुन, सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–९ का ७५ वर्षीय महेन्द्र ठाकुर लोहार, सिरहा सुखीपुरका ४५ वर्षीय भगवान राम, ३५ वर्षीया सरिता राम, सप्तरी सुरुङ्गा लक्ष्मीपुरकी २४ वर्षीया प्रमिताकुमारी मण्डल र ६५ वर्षीय जगदिश मण्डल रहेका छन् ।बस चालक र सहचालकको विवरण खुलेको छैन । दुर्घटनाको थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206