२० आश्विन २०८३, मंगलबार

विराट ट्रेडमा आर्थिक चहलपहल: एक अर्बभन्दा बढीको कारोबार हुने अपेक्षा

Logo
Pulse Khabar मंगलबार, आश्विन २०, २०८३

विराटनगर: विराट व्यापार सङ्घको आयोजनामा यही असोज २२ देखि ३० गतेसम्म ‘विराट ट्रेड फेयर’ सञ्चालन हुने भएको छ ।

विराटनगर महानगरपालिकाको जैन भवनमा हुने उक्त टे«ड फेयरमा रु एक अर्बभन्दा बढीको कारोबार हुने सङ्घका अध्यक्ष प्रमोद अग्रवालले जानकारी दिनुभयो । सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलन उक्त व्यपार मेलामा १०० वटा प्रदर्शनी कक्ष रहने अध्यक्ष अग्रवालले बताउनुभयो । दसैँको समयमा स्थानीय व्यापार व्यवसायलाई चलायमान बनाउने उद्देश्यले फेयर आयोजना गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो । मेलाको करिब एक लाख २५ हजारभन्दा बढी नागरिकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।उद्योगबाट सिधँै उपभोक्तासम्म सामान पुर्याउने र भारी छुटमा सामग्री उपलब्ध गराउने उद्देश्यले आयोजना गर्न लागिएको व्यापार मेलामा अटोमोबाइल, कपडा, जुत्ता, फर्निचर, टायल, प्लम्बिङ लगायतका स्थानीय उत्पादनका सामग्री उपलब्ध हुने जानकारी दिइयो । उक्त व्यापार मेलामा विभिन्न स्थान विशेषका पहिचान बोकेका स्थानीय घरेलु उद्योगका सामग्री तथा ढाका कपडा, मह, अचार, भोजपुरे खुकुरी लगायतका स्थानीय उत्पादन राखिने छ ।

मेलामा चिनी, चामललगायतका अत्यावश्यक सामग्री खाद्य संस्थानबाट छुट मूल्यमा उपलब्ध हुने आयोजकले जनाएको छ । मेलामा नेपाली उत्पादनसँगै भारत, पाकिस्तान र बंगलादेशका उत्पादन समेत राखिने जनाइएको छ । बालबालिका तथा विद्यार्थीलाई आकर्षित गर्न पहिलो पटक मेलामा रोबोट प्रदर्शन र पूर्व क्षेत्रका पर्यटकीय क्षेत्र तथा दुर्गा पूजासँग सम्बन्धित आकर्षक सेल्फी जोनसमेत निर्माण गरिने छ ।विराट व्यापार सङ्घले १५ वर्षपछि दोस्रो पटक विराटनगरमा व्यापार मेला आयोजना गर्न लागेको हो । उक्त मेला आयोजनामा विराटनगर महानगरपालिका, कोशी प्रदेश सरकार, उदय परियोजना, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ तथा उद्योग सङ्गठन मोरङ लगायतका निकायको सहयोग तथा सहकार्य छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206