२० आश्विन २०८३, मंगलबार

मौसम अलर्ट: पहाडदेखि तराईसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आह्वान

Logo
Pulse Khabar मंगलबार, आश्विन २०, २०८३

काठमाडौं:मनसुनी र पश्चिमी वायुको प्रभावका कारण मंगलबार देशका अधिकांश भू–भागको मौसम बदली रहने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा चट्याङसहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने सम्भावना छ ।महाशाखाका अनुसार बिहानैदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो भू–भागमा बादल लागेको छ । कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि मौसम बदली भएको छ । कोशी प्रदेशका एक–दुई स्थान तथा बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्नेछ ।

कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा केही स्थानमा तथा तराईका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।राति हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा पनि मौसम बदली रहनेछ भने अन्य तराई क्षेत्रमा आंशिक बदली हुने अनुमान छ ।राति हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपात हुन सक्नेछ । पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकीका तराई भूभागका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206