२० आश्विन २०८३, मंगलबार

मोरङको जहदाबाट २१० किलो गाँजा बरामद

Logo
Pulse Khabar मंगलबार, आश्विन २०, २०८३

विराटनगर:मोरङको जहदा गाउँपालिकाबाट सशस्त्र प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ र बीओपी जहदा भुटाहाबाट खटिएको संयुक्त टोलीले सोमबार राति ९ बजेतिर गाँजा बरामद गरेको हो । विशेष सूचनाका आधारमा खटिएको टोलीले जहदा गाउँपालिका–१ नयाँ बस्तीस्थित धानबारीमा खोजतलास गर्ने क्रममा कालो प्लास्टिकमा प्याक गरेर लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला पारेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले बताए ।

उनका अनुसार २१० किलो गाँजा बरामद भएको हो । बरामद गरिएको गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्रले जनाएको छ ।गाँजा कसले र कुन प्रयोजनका लागि उक्त स्थानमा लुकाएर राखेको थियो भन्ने यकिन छैन । प्रहरीले थप अनुसन्धान गरिरहेको छ । नेपालबाट भारततिर लैजानलाई नेपाल–भारत सीमा क्षेत्रनजिक गाँजा भण्डारण गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206