१९ आश्विन २०८३, सोमबार

पहाडी भेगमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Logo
Pulse Khabar सोमबार, आश्विन १९, २०८३

काठमाडौं:देशका पहाडी तथा हिमाली क्षेत्रमा आज (सोमबार) वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश स्थानमा भने मौसम तुलनात्मक रूपमा सफा रहनेछ ।महाशाखाले देशमा मनसुनी र पश्चिमी वायुको संयुक्त प्रभाव रहेको जनाएको छ । कर्णाली, सुदूरपश्चिम तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिएको छ । अन्य प्रदेशमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक असर रहेको छ ।हाल हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको छ । लुम्बिनीको तराई क्षेत्रमा आंशिक बदली भए पनि अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । कोशीका केही स्थान तथा बागमती र लुम्बिनीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा पनि साधारणतया बदली रहने अनुमान छ । ती प्रदेशका हिमाली क्षेत्र र देशका तराई भू–भागमा भने आंशिक बदली हुने सम्भावना छ ।महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा र हिमपात हुनसक्छ । कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।कोशीसहित मधेश, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206