१८ आश्विन २०८३, आइतबार

बाइस वर्षपछि ‘सम्यक महादान’ हुँदै

Logo
Pulse Khabar आइतबार, आश्विन १८, २०८३

काठमाडौँ:बाइस वर्षपछि आगामी माघ १ गते काठमाडौँ महानगरपालिकाले ‘सम्यक महादान’ आयोजना हुने भएको छ ।

कामपाले राष्ट्रियसभा गृहमा ‘सम्यक महादान’ मूल समारोह समितिको सचिवालय स्थापना गरेर सम्यक् महादान (नेवाः बौद्ध (बज्रयान) परम्परामा गरिने ऐतिहासिक तथा धार्मिक एवं सांस्कृतिक दान) को तयारी थालेको हो ।सम्यक लामो समयसम्म नभएकाले सम्पदाको संरक्षण गर्ने कार्यक्रमअन्तर्गत यस वर्ष सम्यक महादानको काम गर्न लागिएको काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । महादान कार्यक्रम आयोजना गर्न आवश्यक सबै प्रकारका प्रशासनिक प्रक्रिया तथा तयारी गर्ने, कार्यान्वयन समिति र क्षेत्रगत उपसमिति, सरोकार भएका निकाय र साझेदारसँग समन्वय गर्ने काम सचिवालयले गर्ने उहाँले बताउनुभयो ।कामु प्रमुख डङ्गोलका अनुसार नेपाल मण्डलमा सम्यक महादान दुई प्रकारले गर्ने गरिएको छ । एउटा जसलाई इच्छा लाग्यो, उसले गर्न सक्छ । यसलाई ऐच्छिक सम्यक भनियो । अर्को गुठीबाट गर्ने गरिएको सम्यक हो । जसलाई गुठी सम्यक भनिन्छ ।“काठमाडौँमा गुठी सम्यक तीन भिन्नाभिन्नै खलकको समूहले हरेक चार वर्षमा गर्दथे । पछि यी तीन वटै समूह मिलेर हरेक १२ वर्षमा एक चोटी गर्दै आएका थिए”, समितिका संयोजक नेपाल बज्रयान महाविहार लुम्बिनीका चक्रेश्वर प्रा डा नरेशमान बज्राचार्यले भन्नुभयो, “गुठी सम्यक नभएको २२ वर्ष भयो । ऐच्छिक सम्यक नभएको २५ वर्ष भयो ।

” यो सम्यक सञ्चालन तथा व्यवस्थापनलगायतका नीतिगत काम गर्न असोज ८ गते कामपाकी कार्यवाहक प्रमुख डङ्गोलको प्रमुख संयोजकत्वमा ३०१ सदस्यीय मूल समारोह समिति घोषणा भइसकेको छ । कार्यवाहक प्रमुख डङ्गोलकै अध्यक्षतामा ३७ सदस्यीय कार्यान्वयन समिति घोषणा भएको छ ।मुख्य दुई दिन हुने महादानको पहिलो दिन हनुमान ढोकामा र दोस्रो दिन स्वयम्भूको भुइँखेलमा मनाइने परम्परा छ । महादान २०६१ सालपछि काठमाडौँमा मनाउन नसकिएको समितिका संयोजक प्रा डा बज्राचार्यले बताउनुभयो । उहाँका अनुसार बौद्धहरूले गर्ने हरेक धार्मिक क्रियाकलापमा दान कार्य प्रायः अनिवार्य रूपमा समावेश हुन्छ ।नेपालमा दान अभ्यासका लागि नियमित वार्षिक पञ्जरां (पञ्चदान), ऐच्छिक पञ्जरा, नराँ पञ्जरां दान, निश्चित अन्तराल पछि गरिने महासम्यक दानहरू पर्व कै रूपमा मनाउँदै आइएको उहाँले जानकारी दिनुभयो । यो परम्परालाई निरन्तरता दिन तथा पुस्तान्तरण गर्न कामपाले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटमा काठमाडौँ उपत्यकाको प्राचीनतम सांस्कृतिक महत्व बोकेको, मानवीय, करुणामयी र जनएकता गराउने सम्यक महादान सञ्चालन गर्ने कार्यक्रम पारित गरेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206