०२ माघ २०८२, शुक्रबार

झापामा ग्यास चुहिँदा घरमा आगलागी, चार जना गम्भीर घाइते

Logo
Pulse Khabar मंगलबार, साउन ०६, २०८२

झापा । झापाको हल्दिबारी गाउँपालिका–४ र कचनकबल गाउँपालिका–६ मा ग्यास चुहावटका कारण दुईवटा घरमा आगलागी भएको छ।

हल्दिबारी गाउँपालिका–४ का पुण्यप्रसाद ओलीको घरमा बिहान ८स्४५ बजे रोटी पकाउने क्रममा भान्सा कोठामा एलपी ग्यास चुहिँदा आगलागी भएको हो। आगो निभाउने क्रममा घरधनी ६० वर्षीय पुण्यप्रसाद ओली, उनका ३३ वर्षीय छोरा सन्तोष ओली, ३२ वर्षीया बुहारी अनिता ओली र २० वर्षीय कान्छो छोरा आर्यन ओली घाइते भएका छन्।

चारै जनाको शरीरका विभिन्न भागमा आगोले पोलेको र अवस्था गम्भीर रहेकाले भद्रपुरको ओमसाई पाथीभरा अस्पताल हुँदै विराटनगर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। आगलागीबाट भान्सा कोठामा आंशिक क्षति भएको छ।

उक्त आगलागी नियन्त्रणका लागि हल्दिबारीको कञ्चनश्री प्रहरी चौकीबाट प्रहरी टोली परिचालन गरिएको थियो।

त्यस्तै, कचनकबल गाउँपालिका–६ बनियानीका रतनलाल राजवंशीको घरमा पनि सोमबार ग्यास सिलिन्डर चुहिँदा आगलागी भएको छ। सो आगलागीमा मानवीय तथा चौपाया क्षति नभए पनि भान्सा कोठामा रहेको फ्रिज, पानी तान्ने मोटर, जस्ता पाता र चुलो जलेर क्षति भएको प्रहरीले जनाएको छ।

बनियानीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206