१६ आश्विन २०८३, शुक्रबार

कञ्चनपुरमा ब्याडमिन्टन प्रतियोगिता

Logo
Pulse Khabar शुक्रबार, आश्विन १६, २०८३

महेन्द्रनगर:कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा आजदेखि पुरुष डबल्स जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

यहाँस्थित निङ्गलाशैनी विकास समाजको आयोजनामा दुईदिने जिल्ला स्तरीय प्रतियोगिताको एक समारोहबीच निङ्गलाशैनी समाजका संस्थापक अध्यक्ष महेश चन्दले उद्घाटन गर्नुभयो । नजिकिदै गरेको विजया दशमी, तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरिएको उक्त प्रतियोगितामा उपाधि विजेता टोलीले रु २५ हजार, उपविजेताले रु १२ हजार र तेस्रो स्थान हासिल गर्ने टोलीले रु ६ हजार पुरस्कार पाउने प्रतियोगिता संयोजक दिलबहादुर धामीले जानकारी दिनुभयो ।

प्रतियोगिताअन्तर्गत पुरुष, ४५ वर्षमाथिको भेट्रान र ५० वर्षमाथिको सुपर भेट्रान विधा समावेश गरिएको छ । सबै विधाका खेलाडीहरुलाई नगदसहित पुरस्कृत गरिने संयोजक धामीले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाभरका ५५ टोली सहभागी छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206