०७ साउन २०८२, बुधबार

विचारभन्दा गुटको पछि लाग्दा कांग्रेस कमजोर बन्दै : नेता आचार्य

Logo
Pulse Khabar मंगलबार, साउन ०६, २०८२

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता महेश आचार्यले विचारभन्दा गुटको पछि लाग्ने प्रवृत्तिले पार्टी कमजोर बनाएको टिप्पणी गरेका छन् ।

बिपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित कार्यक्रममा आचार्यले पछिल्लो समय कांग्रेसमा गुटको दासत्व बढ्दै गएको बताए । उनले कार्यकर्ताहरु गुटबाट माथि उठ्नुपर्ने धारणा राखे । उनले भने, “बिपीका निष्ठा र समर्पणबाट सिकेर अघि बढ्न सके मात्र पार्टी र देश बलियो हुन्छ। सत्ताको मात्रै खेल हुँदा देशमा दुर्गति आउँछ।”

प्रजातन्त्र नभई राष्ट्रियता बलियो नहुने बताउँदै आचार्यले बिपीले देश र जनताको लागि गरेको बलिदान स्मरण गरे । पछिल्लो समय रहेको आर्थिक गतिहीनता, सुशासनको कमीलाई हटाउँदै रोजगार सिर्जनामा सरकारको ध्यान जानु पर्ने उनको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले बिपीको योगदानकै कारण वर्तमानमा अभिव्यक्ति स्वतन्त्रता प्राप्त भएको बताइन् । उनले बिपीका आदर्श आत्मसात् गरे राष्ट्रलाई सही मार्ग निर्देशन हुने धारणा राखिन् ।

गण्डकी प्रदेशका कार्यवाहक सभापति कल्पना तिवारीले बिपीका विचार अझै पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै सबैलाई अनुकरणीय बन्न आह्वान गरिन्।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206