१६ आश्विन २०८३, शुक्रबार

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Logo
Pulse Khabar शुक्रबार, आश्विन १६, २०८३

महेन्द्रनगर: जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी दुई दिन महाकाली नदीको तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

भारतको धारचुलास्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको शनिबारदेखि सोमबारसम्म सिल्ट सफाइको कार्य हुने र उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने भएकाले महाकाली नदीमा जलस्तर बढ्नसक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले जानकारी दिनुभयो ।

“अठचालिस घण्टासम्म सिल्ट सफाइ कार्य गर्नुपर्ने हुँदा बाँधको ढोका खोलिने भएकाले जलस्तर बढ्न सक्छ”, सूचनामा भनिएको छ, “शनिबार राति १ः०० बजेदेखि सोमबार राति १ः०० बजेसम्म जलस्तर बढ्न सक्ने हुँदा सतर्कता अपनाउन सूचना जारी गरिएको छ ।”

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206