१६ आश्विन २०८३, शुक्रबार

इजिप्टमा छ पत्रकार पक्राउ

Logo
Pulse Khabar शुक्रबार, आश्विन १६, २०८३

इजिप्टका अधिकारीहरूले स्वतन्त्र सञ्चारमाध्यम मात्सादासका छ जना पत्रकारलाई प्रतिबन्धित मुस्लिम ब्रदरहुडसँग सम्बन्धित रहेको आरोपमा पक्राउ गरेका छन् ।

घटनापछि अन्तर्राष्ट्रिय तथा क्षेत्रीय अधिकार समूहहरूले पत्रकारहरूको रिहाइको माग गरेका छन् ।अधिकारीहरूले विदेशी कोषको बदलामा अनलाइन माध्यमका लागि झुटा समाचार उत्पादन गरेको आरोप लगाएका छन् । तर मात्सादासका सहसंस्थापक अब्देलरहमान मन्सुरले आरोप अस्वीकार गर्दै पक्राउ परेका पत्रकारहरू कहाँ छन् भन्नेबारे उनीहरूका परिवारलाई समेत जानकारी नभएको बताउनुभएको छ । उहाँले उनीहरूलाई सकुशल रिहा गर्न माग गर्नुभयो ।मात्सादासले इजिप्टसहित अन्य अरब मुलुकमा खोजमूलक पत्रकारिता गर्दै आएको छ । इजिप्टमा यसको वेबसाइट अवरुद्ध भए पनि फेसबुकमा १० लाखभन्दा बढी फलोअर छन् । इजिप्टको गृह मन्त्रालयले भने मन्सुरले भारतबाट सञ्चालन गरेको अनुमतिविहीन माध्यमका रूपमा उल्लेख गर्दै पक्राउ परेका पत्रकारहरू मुस्लिम ब्रदरहुडको ‘मिडिया कमिटी’ का सदस्य रहेको आरोप लगाएको छ ।मन्सुरका अनुसार पत्रकारहरू सोमबार र मङ्गलबार विभिन्न स्थानबाट पक्राउ परेका थिए ।

उनीहरूका मोबाइल फोन र कम्प्युटर जफत गरिएको छ । व्यक्तिगत अधिकारका लागि इजिप्टियन इनिसिएटिभले पत्रकारहरूलाई परिवार वा कानूनी टोलीसँग सम्पर्क गर्न नदिइएको र उनीहरू कहाँ छन् भन्ने स्पष्ट नभएको जनाएको छ ।ह्युमन राइट्स वाच र रिपोर्टर्स विदाउट बोर्डर्ससहित ८० भन्दा बढी अधिकार समूह तथा नागरिक समाज संस्थाले पत्रकारहरूको रिहाइको माग गरेका छन् । उनीहरूले मात्सादासले सार्वजनिक चासोका विषयमा विश्वसनीय समाचार दिँदै आएको बताएका छन् ।सन् २०१३ मा तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीलाई सेनाले अपदस्थ गरेपछि इजिप्टले मुस्लिम ब्रदरहुडलाई आतङ्कवादी सङ्गठन घोषणा गरेको थियो । त्यसयता पत्रकार तथा सरकारका आलोचकलाई उक्त समूहसँग सम्बन्धित रहेको वा झुटा समाचार फैलाएको आरोप लगाइँदै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206