१६ आश्विन २०८३, शुक्रबार

सीपको उपयोगमार्फत स्वरोजगार बन्दै बकैयाका स्थानीयवासी

Logo
Pulse Khabar शुक्रबार, आश्विन १६, २०८३

बागमती: मकवानपुरको बकैया गाउँपालिका–६ ज्यामिरेकी सुस्मिता वाइबा घरमा नै तान लगाएर गलैँचा बुन्दै आउनुभएको छ ।

यसअघि काठमाडौँमा गलैँचा बुन्ने सीप सिकेकी वाइबा अहिले भने घरमा नै गलैँचा बुनेर बजारमा पठाउने गर्नुहुन्छ । घरमा फुर्सद हुनासाथ गलैँचा बुन्दै आउनुभएकी उहाँले गलैँचा बुन्नुका साथै घरमा मासु पसलसमेत सञ्चालन गर्दै आउनुभएको छ ।गलैँचा बनाउन सकिएमा बिक्रीका लागि बजारमा कुनै समस्या नभएको उल्लेख गर्दै वाइबाले आफूले निर्माण गरेको गलैँचा काठमाडौँमा राम्रो माग हुने गरेको बताउनुभयो । घरका अन्य कामसमेत गर्दै करिब २०÷२२ दिनमा एउटा गलैँचा तयार गर्ने गरेको उल्लेख गर्दै उहाँले यसले आफूलाई स्वरोजगार बनाएको बताउनुभयो । गलैँचाका लागि आवश्यकपर्ने धागो काठमाडौँबाट नै मगाउने गरेको वाइबाको भनाइ छ ।सुस्मिता जस्तै अर्का स्थानीय जितबहादुर वाइबाले पनि गाउँमा नै गलैँचा बुन्ने गर्नुभएको छ । उहाँका अनुसार एउटा गलैँचाको समान्यतः १०÷११ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।“तानमा बुनेर तयार गरिने गलैँचाको बजारमा माग राम्रो छ”, जितबहादुरले भन्नुभयो, “गलैँचा तयार गर्नसकेमा बिक्रीका लागि बजारमा कुनै समस्या छैन ।

” गाउँका स्थानीयले स्वरोजगार बन्ने लक्ष्यका साथ कसैले बाख्रापालन त कसैले कुखुरापालन आदि गरिरहेको उहाँले बताउनुभयो । स्थानीयवासीका अनुसार गाउँमा उत्पादित जुनसुकै बस्तुको बजारमा माग बढ्दो रहेको छ ।तामाङ जातिको बाहुल्यता रहेको पालिकामा ठाउँठाउँमा स्थानीयवासीहरू गलैँचा बुन्ने पेसालाई आफ्नो आयआर्जनको विकल्पका रुपमा अघि बढाउने गरेको गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले बताउनुभयो ।“यहाँका धेरै गाउँमा घरको नियमित कामसँगै समय छुट्याएर गलँैचा बुन्नेक्रम पनि चलिरहेको छ”, उहाँले भन्नुभयो, “गलैँचा बुन्ने व्यवसाय स्थानीयका लागि अतिरिक्त आय आर्जन गर्ने तथा स्वरोजगार बन्ने उपयुक्त विकल्प बनेको छ ।”गाउँपालिकाभित्र स्थानीयले व्यावसायिक कृषि, पशुपालन आदि गरिहेको उल्लेख गर्दै उहाँले पछिल्ला समयमा अधिकांश स्थानमा विभिन्न ज्ञान सीपको उपयोग गर्दै स्वरोजगार बन्नेक्रम बढ्दो रहेको बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206