१५ आश्विन २०८३, बिहिबार

एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए

Logo
Pulse Khabar बिहिबार, आश्विन १५, २०८३

काठमाडौँ : जापानमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड) २०२६ अन्तर्गत तेक्वान्दो खेलमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् ।

जापानको आइचीस्थित तोयाहासी जिम्यासिउममा आज भएको खेलमा नेपालकी स्वस्तिका तामाङ र युवराज राना पहिलो चरणबाटै बाहिरिएका हुन् । चौबीस वर्षीय स्वस्तिका तेक्वान्दोको एकल पुम्सेतर्फको खेलमा पहिलो चरणबाटै बाहिरिइन् । उनले मात्र ६.५७ अङ्क जोडिन् । उनको समूहमा कुल आठ खेलाडी सहभागी थिए । उनी अन्तिम स्थानमा रहिन् ।त्यसैगरी आजै भएको पुरुष एकल पुम्सेतर्फकै खेलमा नेपालका अर्का प्रतिद्वन्द्वी युवराज राना पनि पुछारमै रहे ।

चौबीस वर्षीय युवराजले प्रतियोगितामा कमजोर प्रदर्शन गर्दै पहिलो चरणबाटै आउट भएका हुन् ।यस विधामा कुल १५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तीमध्ये उनको समूहमा आठ खेलाडी थिए । युवराज ७.०२ अङ्कका साथ आठौँ स्थानमा रहे । अब तेक्वान्दोको अन्तिम प्रतिस्पर्धामा अभिषेक बरालले पुरुष क्योरुगी ८० केजीमुनी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206