१५ आश्विन २०८३, बिहिबार

विराटनगरमा सामूहिक जमराको १८औँ संस्करण: ४ सयभन्दा बढी परिवारको सहभागिता

Logo
Pulse Khabar बिहिबार, आश्विन १५, २०८३

विराटनगर:घरमा पुरोहित तथा परिवारका सदस्यको अभावमा जमरा राख्न नसक्नेहरूलाई लक्षित गर्दै विराटनगर–३ को ठुलो मिलस्थित राधाकृष्ण शिव पाञ्चायन मन्दिरमा यस वर्षको घटस्थापनाका दिन सामूहिक जमरा राखिने भएको छ ।

पोखरिया युवा क्लब, राधाकृष्ण भजन मण्डली र राधाकृष्ण शिव पाञ्चायन मन्दिरको संयुक्त आयोजनामा आयोजना हुन लागेको १८ औँ संस्करणको यस कार्यक्रमबारे आयोजकले मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।कार्यक्रमका कर्ता तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीका अनुसार यस वर्ष करिब ४ सयभन्दा बढी परिवार सहभागी हुने अपेक्षा गरिएको छ । प्रतिपरिवार ५ सय रुपैयाँमा सामूहिक जमरा राख्ने व्यवस्था मिलाइएको पोखरिया युवा क्लबका अध्यक्ष पेशल ढुंगेलले जानकारी दिए । उनका अनुसार अशक्त तथा इच्छुक व्यक्तिहरूलाई आवश्यकताअनुसार जमरा लैजाने व्यवस्थासमेत गरिएको छ ।

नवरथाभरि चण्डी पाठ, दैनिक भजन–कीर्तन र धार्मिक–सांस्कृतिक गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ । यस वर्ष जमरा राख्नुका साथै लक्षबत्ती बालेर हालैका बाढी पहिरो तथा प्राकृतिक विपद्मा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना र आगामी दिनमा यस्ता विपद् नहोस् भन्ने प्रार्थनासमेत गरिने छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206