१५ आश्विन २०८३, बिहिबार

कम्युनिस्ट नेता तथा झापा आन्दोलनका अगुवा घनेन्द्र बस्नेत रहेनन्

Logo
Pulse Khabar बिहिबार, आश्विन १५, २०८३

काठमाडौं:झापा आन्दोलनका अग्रणी योद्धा घनेन्द्र बस्नेतको निधनका कारण नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बिहीबार (आज) का लागि तय गरेको केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम स्थगित गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार आज दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गर्ने भनिएको शपथ ग्रहण कार्यक्रम असोज १६ गते दिउँसो ३ बजेका लागि सारिएको छ । एमालेले असोज ५ देखि ८ गतेसम्म सञ्चालन भएको केन्द्रीय कमिटी बैठकबाट ३३ जना नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।दिवंगत नेता बस्नेतलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न एमाले अध्यक्ष केपी शर्मा ओली भक्तपुरको दुवाकोटस्थित क्यान्सर अस्पताल पुग्दै छन् । पारिवारिक स्रोतका अनुसार बस्नेतको आजै पशुपति आर्यघाटस्थित विद्युतीय शव गृहमा अन्तिम संस्कार गरिने कार्यक्रम छ ।

वि.सं. २००९ असोज २५ गते भोजपुरको कुलुङमा जन्मिएका घनेन्द्र बस्नेत तत्कालीन झापा आन्दोलनका प्रमुख अगुवा नेताहरूमध्ये एक थिए । निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको कठिन राजनीतिक संघर्षका क्रममा उनले निरन्तर १७ वर्ष कडा जेल जीवन बिताएका थिए ।लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेका नेता बस्नेतको गएराति उपचारका क्रममा अस्पतालमा निधन भएको हो । उनको निधनले नेपाली वामपन्थी आन्दोलन र लोकतान्त्रिक संघर्षको इतिहासमा एक अपूरणीय क्षति पुगेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206