१५ आश्विन २०८३, बिहिबार

नेपाल संस्कृत विश्वविद्यालयमा छात्रावास निर्माण तीव्र

Logo
Pulse Khabar बिहिबार, आश्विन १५, २०८३

तुलसीपुर: दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा महिला छात्रावास निर्माणको काम अघि बढेको छ । विश्वविद्यालयका नवनियुक्त कुलसचिव प्रा डा नवराज कट्टेलले नयाँ पदाधिकारी आएलगत्तै शिलान्यास गरी छात्राबास निर्माण अघि बढाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पुरुष छात्रावास निर्माणका लागि पनि आवश्यक योजना र रूपरेखा तयार पारिएको छ । यसअघि छात्रावास नहुँदा विद्यार्थीलाई समस्या हुँदै आएको थियो । विद्यार्थीको आवश्यकतालाई ध्यानमा राखेर छात्रावास निर्माणलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । विश्वविद्यालयअन्तर्गतको शिक्षण अस्पताललाई २०० शय्याको बनाउने तयारी भइरहेको कुलसचिव कट्टेलले जानकारी दिनुभयो ।

यसअघि लुम्बिनी प्रदेश सरकारले २०० शय्याको अस्पताल निर्माणका लागि रु तीन करोड बजेट विनियोजन गरे पनि प्रक्रिया अघि बढ्न सकेको थिएन । अहिले अस्पताललाई २०० शय्याको बनाउने गरी प्रशासनिक तथा राजनीतिक तहमा पहल भइरहेको उहाँले बताउनुभयो ।

आयुर्वेद अध्ययन संस्थानको जनशक्ति, भौतिक संरचना र आर्थिक अवस्थासहितको विस्तृत प्रतिवेदन प्राप्त भएकाले त्यसको अध्ययन गरी प्राथमिकताका आधारमा काम अघि बढाइने उहाँले बताउनुभयो ।

विश्वविद्यालयले आयुर्वेद कलेज तथा ओपिडीका लागि आवश्यक उपकरण र आर्थिक सहयोग उपलब्ध गराउने तयारी गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206