१४ आश्विन २०८३, बुधबार

सीप र रोजगारी जोड्न इटहरीमा वृहत् रोजगार मेला सुरु

Logo
Pulse Khabar बुधबार, आश्विन १४, २०८३

विराटनगर:युवा, श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको सीप तथा रोजगार मेला सुनसरीको इटहरीमा सुरु भएको छ ।

इटहरीमा मंगलबार (आज) देखि ‘सीप तथा रोजगार मेला २०८३’ सुरु भएको हो ।इटहरीको तारे होटल सोल्टीमा ‘सीप र रोजगारी: साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ सुरु भएको यो मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ ।कोशी प्रदेशलाई लक्षित गरी आयोजना गरिएको यस ७ दिने मेलामा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, रोजगारदाता र कामको खोजीमा रहेका युवाहरूलाई एउटै मञ्चमा जोड्ने तथा सीपमूलक तालिमसम्बन्धी परामर्श प्रदान गर्ने उद्देश्य राखिएको छ ।

मेलामा विभिन्न उद्योग, व्यापारिक प्रतिष्ठान तथा रोजगारदाता क्षेत्रका ६५ स्टलहरू रहेका छन् । कामको खोजीमा रहेका युवाहरूले मेला स्थलमै पुगेर आवश्यक परामर्श लिन सक्नेछन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206