काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य प्रतितोला रु दुई हजार ८०० र चाँदीको मूल्य रु ३० बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल प्रतितोला रु दुई लाख ९३(त्रियान्नब्बे) हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४२५ कायम भएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९०(नब्बे) हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३९५ कायम भएको थियो ।
