१३ आश्विन २०८३, मंगलबार

झापामा ५४ प्रतिशत नागरिकलाई जेईविरुद्धको खोप लगाइयो

Logo
Pulse Khabar मंगलबार, आश्विन १३, २०८३

झापा: जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियानअन्तर्गत जिल्लामा दुई लाख ७० हजार २४६ जनालाई खोप लगाइएको छ ।

यो लक्ष्यको ५४ प्रतिशत रहेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार जिल्लाका १५ पालिकामध्ये मेचीनगर नगरपालिकामा सबैभन्दा बढी ४० हजार ३१३ जनालाई खोप लगाइसकिएको छ । स्थानीय स्वास्थ्य चौकी र सार्वजनिकस्थलमा दक्ष स्वास्थ्यकर्मीद्वारा खोप लगाइरहेको उहाँले बताउनुभयो । यही असोज ५ गते मेचीनगर नगरपालिकाबाट सुरु गरिएको खोप अभियानमा ३० वर्षभन्दा माथिका नागरिक सहभागी छन् । खोप अभियानमा नगरपालिकाअन्तर्गत अर्जुनधारामा १८ हजार २९, कनकाईमा १७ हजार ९२८, शिवसताक्षीमा २० हजार ७६९, दमकमा ३५ हजार ६०५, गौरादहमा १९ हजार ६३६, विर्तामोडमा २८ हजार ६८०, भद्रपुर नगरपालिकामा १० हजार २०५ जनालाई खोप लगाइसकिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी, गाउँपालिकाअन्तर्गत कमल, झापा, गौरीगञ्ज, बाह्रदशी, हल्दिबारी, कचनकवल र बुद्धशान्तिमा पनि जईविरुद्धको खोप लगाइएको छ । जिल्लामा चालु आवमा १३ जनामा यो रोगको सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयका प्रमुख दासले जानकारी दिनुभयो । तीमध्ये सात जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोशी प्रदेशमा झापाबाट खोप अभियानको सुरुवात गरिएको छ । जिल्लामा पाँच लाख ७० हजार खोप लगाउने लक्ष्य रहेको छ । खोप अभियानका लागि ५०० स्वास्थ्यकर्मी परिचालन गरिएको कार्यालय प्रमुख दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206