१३ आश्विन २०८३, मंगलबार

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताललाई अत्याधुनिक प्रयोगशाला उपकरण हस्तान्तरण

Logo
Pulse Khabar मंगलबार, आश्विन १३, २०८३

विराटनगर:लायन्स क्लब अफ विराटनगर र लियो क्लब अफ विराटनगरको संयुक्त आयोजनामा पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल, गोठगाउँ, सुन्दरहरैँचा, मोरङलाई पूर्ण स्वचालित क्लिया विश्लेषक (CLIA Analyzer) हस्तान्तरण गरिएको छ।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुजनबाबु मरहट्टा र शिक्षण अस्पतालका निर्देशक प्रा. डा. धीरेन्द्रकुमार गिरी लगायत लायन्स तथा लियो क्लबका पदाधिकारी र सदस्यहरूको सहभागिता थियो।
हस्तान्तरण गरिएको उपकरणले अस्पतालको प्रयोगशाला परीक्षणलाई आधुनिक, व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्दै समुदायमा सहज स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले गरिएको सहयोगले लायन्स–लियोको ‘हामी सेवा गर्छौँ’ भन्ने सेवाभावलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।

‘सेवा गरौँ, अघि बढौँ’ भन्ने भावनाका साथ सम्पन्न कार्यक्रमले स्वास्थ्य क्षेत्रमा लायन्स–लियोको सेवामूलक सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206