काठमाडौं :नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ।
सोमबार प्रतितोला २ लाख ९४(चौरान्नब्बे) हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९०(नब्बे) हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४९(उनन्चास) हजार ५५ रुपैयाँ तोकिएको छ।
यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १ सय १५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ४ हजार ५ सय १० रुपैयाँ रहेको चाँदी आज ४ हजार ३ सय ९५(पन्चान्नब्बे) रुपैयाँमा कारोबार भइरहेको छ।आज १० ग्राम चाँदीको मूल्य ३ हजार ७ सय ६८ रुपैयाँ तोकिएको छ।
