१३ आश्विन २०८३, मंगलबार

रुसी आक्रमणमा किएभको विज्ञान प्रतिष्ठानमा क्षति

Logo
Pulse Khabar मंगलबार, आश्विन १३, २०८३

युक्रेनको राजधानी किएभमा मङ्गलबार भएको रुसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा राष्ट्रिय विज्ञान प्रतिष्ठानको भवनमा क्षति पुगेको छ ।

आक्रमणमा प्रतिष्ठानमा कार्यरत एक व्यक्तिको मृत्यु भएको छ भने पूर्व राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव भोलोदिमिर गोर्बुलिन घाइते हुनुभएको छ ।गोर्बुलिनले आफू आक्रमणका बेला प्रतिष्ठानमै रहेको र सामान्य रूपमा घाइते भएको बताउनुभयो । उहाँका एक सहयोगीको भने मृत्यु भएको उहाँले बताउनुभयो । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा ड्रोन प्रतिष्ठानको भवनमा ठोक्किएपछि विस्फोट भएको र भवनमा आगलागी तथा धुवाँ फैलिएको देखिएको थियो ।युक्रेनी अधिकारीहरूका अनुसार रुसी आक्रमणमा सांस्कृतिक स्थल, सरकारी भवन र विद्यालयसमेत प्रभावित भएका छन् । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले किएभमा स्वास्थ्य संस्थामा समेत क्षति पुगेको बताउनुभएको छ । डिनिप्रोमा भएको आक्रमणमा चार जनाको मृत्यु र कम्तीमा १९ जना घाइते भएका छन् भने जापोरिज्जियामा ३० जना सर्वसाधारण घाइते भएका छन् ।

प्रधानमन्त्री सेर्गी कोरेत्स्कीका अनुसार जाइटोमिरमा आइसक्रिम कारखाना तथा सुमी, रिभ्ने र ओडेसाका आवासीय भवनमा समेत क्षति पुगेको छ । सोमबार रुसी जेटचालित ड्रोनले पोल्यान्डको सीमासमिपको युक्रेनी गाउँमा आक्रमण गरी सीमा चौकीमा क्षति पुर्‍याएको अधिकारीहरूले बताएका छन् ।युक्रेनले पछिल्लो समय तीव्र गतिमा उड्ने र रोक्न कठिन मानिएका नयाँ जेटचालित ड्रोन प्रयोग भइरहेको जनाएको छ । राष्ट्रपति जेलेन्स्कीले प्याट्रियट क्षेप्यास्त्र प्रणालीसहित सैन्य सहयोग बढाउन पश्चिमी सहयोगी राष्ट्रसँग आग्रह गर्नुभएको छ ।यसैबीच, जाडो नजिकिँदै गर्दा युक्रेनमा ऊर्जा आपूर्तिको समस्या बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ । गत वर्ष रुसी आक्रमणबाट ऊर्जा पूर्वाधारमा क्षति पुगेपछि अत्यधिक चिसोका बेला विद्युत् र ताप आपूर्तिमा समस्या भएको थियो । प्रधानमन्त्री कोरेत्स्कीले आवश्यक परे जाडोअघि किएभका बासिन्दालाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्थालाई ‘चरम कदम’ बताउँदै विशेषगरी कमजोर अवस्थाका मानिसका लागि वैकल्पिक बसोबासको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206