०२ साउन २०८२, शुक्रबार

विधान महाधिवेशन तयारी : एमाले सचिवालय बैठक दिउँसो बस्दै

Logo
Pulse Khabar बिहिबार, साउन ०१, २०८२

काठमाडौं । नेकपा एमालेले आसन्न विधान महाधिवेशनको तयारीबारे छलफल गर्न आज केन्द्रीय सचिवालयको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा सुरु हुने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी, विधान संशोधन प्रस्तावका खाका, राजनीतिक र सांगठनिक प्रतिवेदन लगायतका विषयमा छलफल र आवश्यक निर्णय गरिनेछ । विधान संशोधनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयारी गरेको प्रस्ताव आजको बैठकमा प्रस्तुत हुने जनाइएको छ ।

त्यस्तै अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनमाथि पनि बैठकले छलफल गर्नेछ । साथै आजको बैठकले साउन २ गते बस्ने पोलिटब्यूरो बैठक र साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका कार्यसूचीसमेत तय गर्ने कार्यक्रम रहेको गौतमले बताए ।

पार्टी विधान परिमार्जन गर्दै संगठन थप सुदृढ बनाउने उद्देश्यसहित एमालेले विधान महाधिवेशनका तयारीलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206