१२ आश्विन २०८३, सोमबार

मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

Logo
Pulse Khabar सोमबार, आश्विन १२, २०८३

भद्रपुर (झापा): मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले साउन र भदौ महिनाका लागि कुल रु तीन अर्ब सात करोड ५० लाख राजस्व सङ््कलनको लक्ष्य निर्धारण गरेको थियो । निर्धारित लक्ष्यको ९२.१४(बयान्नब्बे दशमलव चौध) प्रतिशत राजस्व सङ्कलन भएको जनाइएको छ ।कार्यालयका अनुसार साउनमा रु एक अर्ब ४३ करोड ५० लाख लक्ष्य राखिएकामा रु एक अर्ब २७ करोड ९८ लाख ३७ हजार राजस्व सङ््कलन भएको थियो । भदौमा रु एक अर्ब ६४ करोड लक्ष्य रहेकामा रु एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार सङ्कलन भएको छ ।भदौमा साउनको तुलनामा राजस्व सङ्कलनमा सुधार आएको कार्यालयले जनाएको छ । साउनमा लक्ष्यको ८९.१९ प्रतिशत राजस्व सङ््कलन भएकामा भदौमा ९४.७३ प्रतिशत पुगेको हो ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेका अनुसार आर्थिक वर्ष २०८२/८३ को भदौको तुलनामा चालु आवको सोही आवधिमा राजस्व सङ्कलन ९.४३ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको भदौमा रु एक अर्ब ३६ करोड ४४ लाख ३९ हजार राजस्व सङ्कलन भएको थियो ।सीमापार व्यापारमा आएको क्रमिक सुधार तथा भन्सार प्रशासनमा गरिएको कडाइका कारण राजस्व सङ्कलनमा सकारात्मक प्रभाव परेको प्रमुख भन्सार अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206