१२ आश्विन २०८३, सोमबार

जिब्रो छेड्ने श्रेष्ठलाई रु दुई लाखसहित सम्मान

Logo
Pulse Khabar सोमबार, आश्विन १२, २०८३

भक्तपुर: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ऐतिहासिक जिब्रो छेड्ने परम्पराको संरक्षणमा योगदान दिएको भन्दै वीरेन्द्र कसजू श्रेष्ठलाई रु दुई लाख नगदसहित सम्मान गर्नुभएको छ ।

श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्नुभएको हो । थिमिमा आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री थापाले श्रेष्ठलाई नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको हो । प्रदेश सरकारले ऐतिहासिक जिब्रो छेड्ने जात्रा संरक्षण तथा जिब्रो छेड्ने व्यक्तिलाई प्रोत्साहनस्वरुप उक्त रकम प्रदान गरेको जनाएको छ । सो अवसरमा प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

मुख्यमन्त्री थापाले ऐतिहासिक कला, संस्कृति, मूर्त तथा अमूर्त सम्पदासँगै जात्रा तथा पर्वको संरक्षणमा प्रदेश सरकारले समन्वय र सहयोग गर्ने बताउनुभयो ।उहाँले ऐतिहासिक सम्पदा, जात्रा तथा पर्वलाई पर्यटनसँग जोडेर भक्तपुरलाई स्वास्थ्य, शिक्षा र पर्यटनको केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकारले बजेटको व्यवस्था गरेको बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206