११ आश्विन २०८३, आइतबार

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

Logo
Pulse Khabar आइतबार, आश्विन ११, २०८३

मनाङ:मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ ।

पहिरोमा परी मानवीय क्षति भएको आशङ्का गरिएको छ । हिमाल आरोहणमा गएका २२ जना (नौ जना पर्वतारोही र १३ जना सहयोगी) मध्ये करिब एक दर्जन बेपत्ता भएका अशङ्का गरिएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिनुभयो । उनीहरु सबैजना पर्वतारोहणको तयारी गर्न त्यसतर्फ गएका थिए । उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर मनाङ आए पनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि फर्किएको प्रजिअ खनालले बताउनुभयो । हिमपहिरोबाट के कति क्षति भयो भन्ने एकिन जानकारी प्राप्त हुन नसकेको उहाँले बताउनुभयो ।

घट्टे खोला थुनियो यसैबीच लमजुङ हिमालको बेसक्याम्पमा पहिरो गएपछि घट्टे खोला थुनिएको छ । पहिरोले चामे गाउँपालिका–४ स्थित घट्टे खोला थुनिएको हो । खोला थुनिएपछि अहिले चामे गाउँपालिका–३, ४ र ५ नम्बर वडाका बासिन्दालाई नेपाली सेनाको नयाँ भैरवी दलभित्र राखिएको प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206