१० आश्विन २०८३, शनिबार

मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

Logo
Pulse Khabar शनिबार, आश्विन १०, २०८३

मुस्ताङLमौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान बन्दै गएको छ ।

निरन्तरको वर्षासँगै बाढीपहिरोको बढ्नुका साथै कतिपय स्थानमा राजमार्ग अवरुद्ध हुँदा यहाँको पर्यटन क्षेत्र प्रभावित भएको हो ।गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीले प्रभावित भएको मुस्ताङको पर्यटन अहिलेको पर्यटकीय याममा मौसम प्रतिकूलता हुँदा प्रभावित भएको छ । विगतका वर्षहरूमा अनुकूलयामसँगै दसैँतिहार जस्ता चाडपर्व अघि पर्यटकीय आगमन बढी हुने मुस्ताङमा बिहीबारदेखि सुनसान बनेको यस क्षेत्रका जानकारहरू बताउँछन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, मौसम विज्ञान विभाग र मौसम पूर्वानुमान महाशाखाले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई असोज ८ गतेदेखि ११ गते भारी वर्षा र हिमपात हुनसक्ने भन्दै पूर्वतयारीसहित सर्तक रहन निर्देशन गरेसँगै सम्बन्धित सबै स्थानीय प्रशासनले उक्त समय जोखिम न्यूनीकरणका लागि पर्यटक तथा सर्वसाधरणलाई सूचित गराइसकेका छन् ।वर्षा र हिमपातको पूर्व प्रक्षेपण तथा यात्रामा आउन सक्ने समस्या र कठिनाइलाई मध्यनजर गर्दै मुस्ताङमा न्यून सङ्ख्यामा मात्रै पर्यटक भित्रिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वर्षा र हिमपातको प्रक्षेपणसँगै बिहीबारदेखि बेनी-जोमसोम-कोरला सडकखण्डमा चार दिनसम्म रातिको समयमा सवारीसाधन सञ्चालन नगर्न म्याग्दी र मुस्ताङका स्थानीय प्रशासनले आग्रह गरेका छन् ।प्रतिकूल मौसमका कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी आवागमन रोकिएपछि मुस्ताङमा पर्यटकको उपस्थिति कम देखिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिनुभयो । मौसम प्रतिकूलताको सूचनालाई केन्द्रविन्दुमा राखेर यहाँ पर्यटक आगमन घटेको हुनसक्ने उहाँको भनाइ छ ।केही दिनअघि औसत दैनिक चार हजारभन्दा बढी पर्यटक बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ भित्रिने गरेकामा बिहीबारदेखि करिब २० प्रतिशत पर्यटक मात्र सडकमार्ग हुँदै मुस्ताङ भित्रिरहेका प्रहरी निरीक्षक बस्यालले जानकारी दिनुभयो ।पर्यटकको उपस्थिति कम हुँदै गएपछि यहाँका होटलहरू प्रायः सुनसान बनेका छन् ।यसैगरी मुक्तिनाथ मन्दिरमा समेत दर्शनार्थी नआउँदा सुनसान भएको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले बताउनुभयो ।

उहाँका अनुसार रसुवा बाढीपछि गत साउनमा भन्दा भदौमा ४९ दशमलव ७८ प्रतिशतले पर्यटक घटेका प्रहरीको तथ्याङ्कमा देखिएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिनुभयो । यसैबीच रसुवामा बाढीपछि पोखरा-जोमसोम हवाई पनि उडान घटेको छ । विगतका वर्षहरूमा सोही समयमा दैनिक १० भन्दा बढी हवाई उडान हुने गरेकामा पछिल्लो एक महिनायता दैनिकी दुई-तीन उडान मात्र भइरहेका नागरिक उड्यन कार्यालयका प्रमुख विश्वराज शर्माले जानकारी दिनुभयो ।रसुवा बाढी घटनापछि मुस्ताङ आउने पर्यटकले होटल बुकिङ रद्द गर्न तालेकाले त्यसको असर पोखरा-जोमसोम हवाई सेवामा परेको उहाँको भनाइ छ । बिहीबार हवाई सेवाअन्तर्गत निजी वायु सेवा कम्पनी तारा र समिट एयरले एक/एक उडान गरेकामा शुक्रबार मौसम प्रतिकूलताका कारण कुनै नभएको प्रमुख शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206