०२ माघ २०८२, शुक्रबार

घुस प्रकरणमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्न गगन थापाको सुझाव

Logo
Pulse Khabar सोमबार, आषाढ ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुस प्रकरणमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गरेर छानबिन अगाडि बढाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

सोमबार काठमाडौंमा नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवि विभागले आयोजना गरेको कार्यक्रममा उनले भने, “घुस प्रकरण नै सार्वजनिक भइसकेपछि प्रधानमन्त्रीले मन्त्रीलाई तत्काल बर्खास्त गरेर छानबिन गर्नुपर्छ। दोषी ठहरिए कारबाही गर्नुपर्छ ।”

महामन्त्री थापाले घुस प्रकरणको अडियो सार्वजनिक भएपछि पनि आफू निर्दोष छु भन्ने आँट समेत मन्त्रीले गर्न नसकेको टिप्पणी गरे । उनले सरकारमा पुगेर पनि कसैलाई कानूनभन्दा माथि राख्न नहुने धारणा राखे ।

त्यस्तै, उनले न्यायपालिकालाई सफा र स्वतन्त्र बनाउन संविधान संशोधनको विषयमा खुला बहस हुनुपर्ने बताए। न्यायपालिका पुनःसंरचना आवश्यक भए पुनर्नियुक्तिसमेत गर्नुपर्ने विचार उनले राखे ।

कांग्रेसभित्र अनुशासन समितिले गरेको कारबाहीले पार्टी एकता खल्बलिने खतरा औँल्याउँदै उनले भने, “पार्टीभित्र कोतपर्वजस्तो अनुशासन पर्व चलेको छ। यो कांग्रेसको परम्परा र विधानअनुकूल होइन।”

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206