

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा कार्यक्रममा हुने दुरुपयोग नियन्त्रण गर्न र औचित्य पुष्टि हुने गरी पुनरावलोकन गरिने बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्सवमा आज बोल्दै प्रधानमन्त्री ओलीले निरोगी नेपाल अभियान र बिरामीलाई गुणस्तरीय उपचार दिन अस्पताललाई थप योगदान गर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले भने — “बिरामी हुँदा मानिसको सबैभन्दा ठूलो भरोसा अस्पताल, चिकित्सक र नर्सप्रति हुन्छ। औषधिले मात्र होइन, नर्सको मृदु बोली र व्यवहारले पनि बिरामी चाँडो निको हुन्छन् ।”
उनले अस्पताललाई दक्ष जनशक्ति उत्पादन र सेवा प्रवाहमा अझ उत्कृष्टता हासिल गर्न पनि सुझाव दिए । कार्यक्रममा अस्पतालको नयाँ विस्तार सेवा भवन को उद्घाटन प्रधानमन्त्री ओलीले गरे । साथै, सो भवन निर्माणमा योगदान पुर्याएका भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई सम्मान पनि प्रदान गरिएको थियो ।