०९ आश्विन २०८३, शुक्रबार

बीसौँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाललाई कास्य पदक

Logo
Pulse Khabar शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौँ:जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले कास्य पदक प्राप्त गरेको छ ।

जापानको तोकाइ सिटिजन व्यायामशालामा आज भएको सेमिफाइनल खेलमा भारतसँग ४८–२४ अङ्कले पराजित भएसँगै नेपालले कास्य पदकमा चित्त बुझाउनु परेको हो । यसअघि सन् २०२३ मा चीनको हाङजाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा पनि नेपाल भारतसँग नै सेमिफाइनलमा पराजित भएको थियो । आजको सेमिफाइनल खेलमा भारतले पहिलो हाफमा ३१–१७ अङ्कको जित निकालेको थियो । भारतले दोस्रो हाफमा १७–७ अङ्कले अग्रता लियो ।

नेपालले यसअघि समूह चरणको खेलमा थाइल्यान्डलाई हराएको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो । त्यसपछि अन्तिम खेलमा श्रीलङ्कालाई हराएर नेपाल सेमिफाइनलमा पुगेको थियो । बीसौँ एसियाली खेलकुद प्रतियोगितामा नेपालको यो दोस्रो पदक हो । यसअघि कराते विधातर्फ नेपालका तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ किलो तौल समूहमा कास्य पदक प्राप्त गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206