०९ आश्विन २०८३, शुक्रबार

बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने

Logo
Pulse Khabar शुक्रबार, आश्विन ०९, २०८३

मुस्ताङ: उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा यही असोज ८ देखि ११ गतेसम्म राति यातायात सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले एक सूचना प्रकाशित गरी म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरदेखि कोरला नाकासम्म साँझ ६ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म रातिमा यातायात सञ्चालनमा रोक लगाएको जनाईएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार ती दिनमा वर्षा र हिमपातको सम्भावना रहेकाले सम्भावित विपद् र न्यूनीकरणका लागि जिल्ला प्रशासनले उक्त निर्णय गरेको हो ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीका अनुसार बिहीबारदेखि चार दिन वर्षा र हिमपातको पूर्व सूचनालाई मध्यनजर गरी त्यस क्षेत्रमा यातायात सञ्चालनमा रोक लगाइएको छ । उहाँका अनुसार वर्षाका कारण कालीगण्डकी करिडोरको मुस्ताङ खण्डमा बाढी, पहिरो र नदी कटानको जोखिम रहेकाले सडक अवरुद्ध हुनसक्ने भएकाले सुरक्षित यात्राका लागि रात्रिकालीन समयमा यातायात सञ्चालन नगर्ने निर्णय भएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206