०८ आश्विन २०८३, बिहिबार

एसियाली खेलकुद प्रतियोगिताः कबड्डीमा नेपालको जित

Logo
Pulse Khabar बिहिबार, आश्विन ०८, २०८३

काठमाडौँ:जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले श्रीलङ्कालाई हराउँदै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

जापानको तोकाइ सिटिजन व्यायामशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कामाथि ३४-२५ को जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । यस जितसँगै नेपाली महिला टोलीले कबड्डीमा पदक जित्ने निश्चित भएको छ । यसअघि चिनको हाङजाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा पनि नेपाली महिला टोलीले कास्य पदक जितेको थियो । आज खेलको पहिलो हाफमा १९-१३ को जित निकालेको नेपाल दोस्रो हाफमा १५-१२ ले अघि रहँदै समग्रमा मलेसियामाथि ३४-२५ ले जित निकाल्न सफल भयो । समूह ‘बी’ मा रहेको नेपालले यसअघि थाइल्यान्डलाई हराएको थियो भने नेपाल चाइनिज ताइपेइसँग पराजित भएको थियो । समूह ‘बी’ बाट नेपालसँगै चाइनिज ताइपेइ पनि सेमिफाइनल प्रवेश गरेको छ ।

त्यसैगरी, आजै भएको पुरुष कबड्डी खेलमा पनि नेपालले मलेसियामाथि जित हासिल गरेको थियो । समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले मलेसियामाथि ७३-५२ को जित हासिल गरेको हो ।नेपालले खेलको पहिलो हाफमै ३७-२१ को स्कोर बनाएको थियो । त्यस्तै खेलको दोस्रो हाफमा नेपालले मलेसियामाथि ३६-३१ अगाडि रहँदै समग्रमा २१ अङ्कले जित हासिल गर्‍यो । यो नेपाली पुरुष टोलीको सान्त्वना जित हो । यसअघि नेपाल लगातार तीन खेलमा पराजित भएसँगै नेपाली पुरुष टोली प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206