०८ आश्विन २०८३, बिहिबार

दोभान बजारमा आगलागी

Logo
Pulse Khabar बिहिबार, आश्विन ०८, २०८३

ताप्लेजुङ:ताप्लेजुङको दोस्रो ठूलो बजारका रूपमा परिचित दोभानमा आगलागी भएको छ । स्थानीय डण्डु शेर्पाको घरबाट सुरु भएको आगलागीले बजार क्षेत्रका केही घर जलेका छन् ।

आज दिउँसो अचानक आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन । यद्यपि विद्युत् सर्ट भएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागी नियन्त्रणका लागि प्रहरीको टोली परिचालन गरिएको छ भने स्थानीयवासीले समेत नियन्त्रणको प्रयासमा सहयोग गरिरहेका छन् ।अन्य घरमा आगो फैलिन नदिन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कमल बजगाईंले जानकारी दिनुभयो ।

“घटनास्थलमा दमकलसमेत पठाइएको उहाँले बताउनुभयो । आगलागीले कति घर जलेका भन्ने विवरण आएको छैन । आगो अहिले पनि लागिरहेको स्थानीयले बताएका छन्”, उहाँले भन्नुभयो ।यसअघि पनि विसं २०७७ मा दोभान बजारमा आगलागी भएको थियो । मेरिङदेन गाउँपालिका-३ मा पर्ने दोभान बजार जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा परिचित छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206