१८ बैशाख २०८२, शुक्रबार

पाल्पामा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या १० पुग्यो, १६ जना घाइते

Logo
Pulse Khabar बुधबार, फाल्गुण ०२, २०८०

काठमाडौैं । पाल्पाको तिनाउ गाउँपालिका–६ मा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । थप १६ जना घाइते भएका छन् । डुम्रेबाट चिदिसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार अपराह्न ४ः५० बजे पाल्पाको मस्यामस्थित इको फर्महाउस नजिकै दुर्घटना भएको हो । दुर्घटनामा ७ महिला र ३ पुरुष गरी १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवम् डीएसपी सुगन्ध श्रेष्ठले दुर्घटनामा पाल्पाको तिनाउ गाउँपालिका–६ की ६० वर्षीया यन कुमारी पन्त, २८ वर्षीया उर्मिला अस्लामी, ३९ वर्षीय रामबहादुर अस्लामी र ६७ वर्षीय कृणबहादुर अस्लामीको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार पाल्पाको तिनाउ गाउँपालिका २ खुर्सानेका २० वर्षीया गीता सुनार, पाल्पाको रिब्दीकोट गाउँपालिका १ ख्याकी ६६ वर्षीया विष्णुकला कामी र ६५ वर्षीया दिलकुमारी सुनारको पनि दुर्घटनामा मृत्यु भएको छ । यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका १४ तामनगरका ७० वर्षीय चन्द्रगोपाल रणपाल, ६० वर्षीया चुना रणपाल र रुपन्देहीको देवदह नगरपालिका–५ की २९ वर्षीया दिलमाया जिसीको पनि दुर्घटनामा मृत्यु भएको छ । प्रहरीले जिप चालक पाल्पाको तानसेन नगरपालिका–१० बस्ने ४५ वर्षीय दानबहादुर चिदीलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मुस्ताङ जिप आफैं अनियन्त्रित भई कच्ची सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

दुर्घटनाको जानकारी पाएपछि प्रहरी चौकी प्रभास र जिला प्रहरी कार्यालय पाल्पाबाट टोली परिचालित भएका थिए । उनीहरुले घाइतेहरुलाई उद्धार गरी लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि पठाएका थिए । अत्यधिक लोडका कारण जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । क्षमताभन्दा बढी लोडका कारण उकालोमा तान्न नसक्दा ब्याक भएर जिप दुर्घटना भएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206