०८ आश्विन २०८३, बिहिबार

यसपालिको यात्रा सहज बन्दै: चाडपर्वलक्षित सडक मर्मतले लियो गति

Logo
Pulse Khabar बिहिबार, आश्विन ०८, २०८३

काठमाडौं:दसैँ, तिहार तथा छठ पर्व नजिकिएसँगै सडक विभागले देशभरका मुख्य राजमार्गको मर्मत तथा स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ।

बाढीपहिरोका कारण क्षतिग्रस्त सडकमा यात्रुको आवागमन सुरक्षित बनाउन विभागले विशेष कार्ययोजनासहित काम अघि बढाएको हो। यातायात व्यवसायीले सडक सुरक्षाको सुनिश्चितता नभएसम्म अग्रिम टिकट नखोल्ने बताएपछि विभागले मर्मत तथा सुधारको कामलाई प्राथमिकतामा राखेको जनाएको छ।सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार देशभरका संवेदनशील क्षेत्रमा २४० भन्दा बढी हेभी मेसिन र प्राविधिक जनशक्तिलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको छ। सडक अवरुद्ध भए बढीमा दुई घण्टाभित्र यातायात सञ्चालनमा ल्याउने नीति लिइएको उनले बताए।मेसिन सञ्चालनका लागि आवश्यक इन्धन तथा जनशक्ति फिल्डमै व्यवस्थापन गरिएको छ। सरकारी स्रोत पर्याप्त नभए निजी क्षेत्रका उपकरण भाडामा लिएर समेत काम गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ। विभागले अहिले मुख्यतः दुई रणनीतिमा काम गरिरहेको छ।

बाढीपहिरोका कारण अवरुद्ध सडकमा नयाँ ट्र्याक खोल्ने तथा मर्मत गर्ने र खाल्डाखुल्डी पुर्नुका साथै धुलो नियन्त्रण गर्ने कामलाई प्राथमिकता दिइएको छ।रसुवागढी तथा पृथ्वी राजमार्गको कृष्णभीरलगायत चुनौतीपूर्ण क्षेत्रमा मर्मत तथा व्यवस्थापनको काम सम्पन्न भएको विभागले जनाएको छ। काठमाडौंलाई पूर्वी पहाडसँग जोड्ने बीपी राजमार्गको पुनर्निर्माण ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको सडक डिभिजन भक्तपुरले जनाएको छ। बाढीबाट क्षतिग्रस्त स्थानमा थप मजबुत संरचना निर्माण गरिएको जनाइएको छ। नागढुंगा–मुग्लिन सडकखण्डका जोखिमयुक्त क्षेत्रमा पनि रोकथामका काम पूरा गरिएको विभागले जनाएको छ।सडक बोर्ड नेपाल र सडक विभागको बजेट परिचालन गरी अमानती विधिबाट समेत सडक मर्मत भइरहेको छ। विभागले यात्रुलाई यात्रा सुरु गर्नुअघि मौसम तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206