३० आषाढ २०८२, सोमबार

सुन्दरहरैँचामा १२ ‘ढुकुर जोडी’ सम्मानित

Logo
Pulse Khabar आइतबार, आषाढ २९, २०८२

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाले बुवाआमाको श्रद्धायुक्त सेवा, समर्पण र पारिवारिक मूल्यको संरक्षण गर्ने १२ उत्कृष्ट दम्पतीलाई ‘ढुकुर जोडी’ सम्मान प्रदान गरेको छ । नगरपालिकाले प्रत्येक वडाबाट एक–एक जोडी छनोट गरी आज विशेष कार्यक्रमको आयोजना गर्दै नगद १० हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मान गरेको हो ।

नगरप्रमुख केदारप्रसाद गुरागाईंका अनुसार संयुक्त परिवारमा आमाबुवा तथा सासुससुराको सेवा र हेरचाह गर्दै पारिवारिक परम्पराको जगेर्नामा उदाहरणीय बन्ने जोडीहरुलाई प्रोत्साहन गर्न यो सम्मान सुरु गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले दीर्घकालीन वैवाहिक जीवन, संयुक्त परिवारमा बसोबास, सामाजिक योगदान र पारिवारिक मूल्यलाई आधार बनाएर उत्कृष्ट जोडी छनोट गरिएको जानकारी दिए । यसका लागि नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दा ४८ वटा निवेदन परेको थियो । उपमेयर अकली चौधरीले सामाजिक र पारिवारिक जिम्मेवारी निर्वाहमा अग्रणी बन्नेहरुलाई सम्मानित गरेर अन्यलाई पनि प्रेरित गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताइन् ।

यस वर्ष ‘ढुकुर जोडी’ सम्मान प्राप्त गर्नेहरुमा सुन्दरहरैँचा–१ का केशवराज काफ्ले र कञ्चन दाहाल, सुन्दरहरैँचा–२ का सचिदानन्द साह (हलुवाई) र संगीताकुमारी गुप्ता हलुवाई, सुन्दरहरैँचा–३ का ध्रुव निरौला र अनु दाहाल, सुन्दरहरैँचा–४ का डिल्लीप्रसाद सिग्देल र अप्सरा सिग्देल रहेका छन् । यस्तै सुन्दरहरैँचा–५ का वीरेन्द्र कुमार कट्टेल र सीतादेवी कट्टेल, सुन्दरहरैँचा–६ का बालकृष्ण घिमिरे र सकुन्तला गौतम घिमिरे, सुन्दरहरैँचा–७ का बलिराम चौधरी र फूलोदेवी चौधरी, सुन्दरहरैँचा–८ का खगेन्द्र न्यौपाने र सम्झना न्यौपाने, सुन्दरहरैँचा–९ का योगराज कार्की र हिमकुमारी कार्की, सुन्दरहरैँचा–१० का बौद्धबहादुर दाहाल र कल्याणी खड्का दाहाल, सुन्दरहरैँचा–११ का वेदकुमार खवास र केसओती खवास तथा सुन्दरहरैँचा–१२ का अमरबहादुर मगर र ताराकुमारी मगरलाई समेत सम्मान गरिएको छ ।
नगरपालिकाले आगामी वर्षहरूमा पनि यस्ता उदाहरणीय जोडीहरूको खोजी गरी सम्मान गर्ने जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206