काठमाडौँ: डिजिटल सुरक्षा र कानुनी साक्षरताका बारेमा महिला पत्रकारलाई तीनदिने प्रशिक्षण प्रदान गरिएको छ ।
डाइलग डेमोक्रेसी इनिसिएटिभ (डिडिआइ) को सहकार्यमा सञ्चारीका समूहले आजदेखि कार्यशाला सुरु गरेको हो । ‘डिजिटल सेफ्टी र लिगल लिट्रेसी वर्कसप–डिफेन्डिङ डिजिटल एक्सप्रेसन’ विषयमा सञ्चालन भइरहेको कार्यशालामा पत्रकार उज्ज्वल आचार्यले डिजिटल कानुनी साक्षरताबारे प्रशिक्षण दिनुभएको थियो । उहाँले खासगरी पत्रकारितामा डिजिटल कानुनी साक्षरता कति आवश्यक छ र के के विषयमा जानकारी लिने भन्ने पक्षमा प्रशिक्षण दिनुभयो ।
सञ्चारिका समूहका अध्यक्ष कमला पन्थीले महिला पत्रकारलाई डिजिटल साक्षरताबारे जानकारी लिनु आवश्यक रहेको बताउँदै सञ्चारिका समूहले प्रशिक्षणमा जोड दिएको बताउनुभयो । उहाँले महिला पत्रकारकै पेसागत र व्यक्तिगत सुरक्षाका लागि पनि यो विषयमा ज्ञान आर्जन गर्न जरुरी रहेको बताउनुभयो ।
