३० आषाढ २०८२, सोमबार

पार्टी एकता बलियो भए एमालेलाई कसैले हराउन सक्दैन : अध्यक्ष ओली

Logo
Pulse Khabar आइतबार, आषाढ २९, २०८२

झापा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकता बलियो बनाएर सङ्कल्पका साथ अघि बढे एमालेलाई कसैले पराजित गर्न नसक्ने दाबी गरेका छन् ।

एमालेको झापामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले विगतमा पार्टीका कतिपय स्वार्थी नेताहरूले विभाजनको षड्यन्त्र गरे पनि कार्यकर्ता र जनताको समर्थनले एमाले अझ बलियो बनेको उल्लेख गरे । उनले भने, “एमालेबिनाको देश र केपी ओलीबिनाको एमाले होस् भन्नेहरूको कामना कहिल्यै पूरा हुँदैन। एमाले कुनै साना स्वार्थ बोकेको पार्टी होइन, यसले राष्ट्रिय हितका लागि बलिदान दिएको छ। एमालेविरुद्धका षड्यन्त्र र भ्रामक प्रचारले हामीलाई रोक्न सक्दैन।”

अध्यक्ष ओलीले अहिले पनि पार्टीभित्र र बाहिरबाट षड्यन्त्र भइरहेकाले कार्यकर्तालाई भ्रममा नपरी सही नीति र नेतृत्वको पक्षमा दृढ रहन आग्रह गरे । प्रधानमन्त्री ओलीले भने, “हामी सहकारी ठगेर मुद्दा खेप्ने र त्यसपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने पार्टी होइनौँ। केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन।”

देश विकास र समृद्धिका काम एमाले नेतृत्वमा अघि बढेको बताउँदै अध्यक्ष ओलीले आफ्नो कार्यकालमा फलामखानी र पेट्रोलियम उत्खननदेखि सुरुङमार्ग निर्माणसम्मका योजनाहरू अघि बढेको र त्यसको प्रतिफल देखिन थालेको बताए । उनले पछिल्लो स्पेन भ्रमण सफल भएको भए पनि त्यसको बदनाम गर्न विपक्षीले वाइसिएल प्रयोग गरेर भ्रम फैलाएको टिप्पणी गरे ।

भेलामा सयौँ युवाले नेकपा (एमाले) प्रवेश गरेका थिए। अध्यक्ष ओलीले उनीहरूलाई पार्टीमा स्वागत गर्दै राष्ट्र निर्माणमा भूमिका खेल्न आग्रह गरे ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206