०७ आश्विन २०८३, बुधबार

एसियाली खेलकुदः स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

Logo
Pulse Khabar बुधबार, आश्विन ०७, २०८३

काठमाडौँ:जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना भ्लोन र अरहन्त सिंहको नेपाली जोडी पहिलो चरणबाटै बाहिरिएको छ ।

नागोयास्थित किन्जो फुतो एरिनामा आज भएको खेलमा नेपाली जोडी पाकिस्तानका आसिम खान र मेहविश अलीसँग २–० को सोझो सेटमा पराजित भएको हो ।पहिलो सेटमा नेपाल ६–११ ले पछि परेको थियो । सात मिनेट चलेको पहिलो सेटमा पाकिस्तानी जोडीले सुरुआतदेखि नै अग्रता कायम राख्यो । दोस्रो सेटमा भने नेपाली जोडीले प्रतिस्पर्धात्मक खेल देखाए पनि १० मिनेटको खेलपछि पाकिस्तानले ११–१० ले सेट आफ्नो पक्षमा पार्यो ।दुई सेटमा पराजित भएसँगै विपना र अरहन्तको मिश्रित डबल्सतर्फको एसियाली खेलकुद यात्रा टुङ्गिएको छ । नेपालले जारी एसियाली खेलकुदमा बुधबारसम्म पदक जित्न सकेको छैन ।

मिक्स्ड डबल्समा रुबिन–इभानाको चुनौती समाप्त:एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको मिक्स्ड डबल्समा नेपालका रुबिन महर्जन र इभाना थापाको जोडी दोस्रो चरणबाट बाहिरिएको छ । टोयोटास्थित स्काइ हलमा आज भएको खेलमा नेपाली जोडी हङकङका यिउ क्वान टो र एनजी विङ लामसँग ३–० ले पराजित भयो । हङ्कङका खेलाडीले तीनै सेट आफ्नो पक्षमा पार्दै नेपाली जोडीको चुनौती समाप्त गरे ।इभानाले आजै महिला सिङ्गल्सतर्फ पनि प्रतिस्पर्धा गर्दैछिन् । यस्तै, इभाना र नविता श्रेष्ठको जोडीले महिला डबल्समा बिहीबार प्रतिस्पर्धा गर्ने खेलतालिका छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206