०८ आश्विन २०८३, बिहिबार

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

Logo
Pulse Khabar बुधबार, आश्विन ०७, २०८३

काभ्रेपलाञ्चोक: सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्दै सचेतना अभियान अगाडि बढाइएको छ ।

जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटर र नेपाल प्रहरीले मङ्गलबारदेखि सम्भावित जोखिमयुक्त क्षेत्र दोलालघाट, रोशी खोला आसपास, भकुण्डेबेँसीलगायतका क्षेत्रका विद्यालय तथा सार्वजनिक स्थलमा माइकिङ तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । मनसुनजन्य विपद् न्यूनीकरणका लागि तयारी अवस्थामा रहन काभ्रेपलाञ्चोकस्थित जिल्ला व्यवस्थापन समितिले स्थानीय तह तथा सुरक्षा निकायलाई आग्रह गरेको छ । यसका साथै स्थानीय विपद् व्यवस्थापन समितिको अवस्थाका बारेमा जानकारी गराउन अनुरोध गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले यही असोज ८ देखि १२ गतेसम्म पानी पर्ने मौसम पूर्वानुमान सार्वजनिक भएकाले सबै स्थानीय तह र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताउनुभयो । “विपद्को जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहलाई पनि तयारी अवस्थामा रहन पत्राचार गरिएको छ”, अधिकारीले भन्नुभयो । जिल्लास्थित सुरक्षा निकायले भने आफूहरूसँग भएको जनशक्ति परिचालनका लागि स्रोतसाधन उपलब्ध गराइदिन सम्बद्ध निकायका अलावा स्थानीय तहलाई अनुरोध गरेको छ । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206